२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गोदावरी स्टील उद्योगले निम्त्यायो वातावरणीय समस्या, मजदुरले पाएनन् चार महिनादेखिको ज्याला

ADV
इसत्याक अहमद
२०८१ असोज २३ गते ०६:३५
गोदावरी स्टील उद्योगले निम्त्यायो वातावरणीय समस्या, मजदुरले पाएनन् चार महिनादेखिको ज्याला

रौतहट : गोदावरी स्टील उद्योगको लापरवाहीका कारण रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ मा स्थानीय जनजीवन गम्भीररूपमा प्रभावित भएको छ । प्रदूषणका कारण आँखा पोल्ने समस्यासहित स्वास्थ्यमा विभिन्न समस्या भोेग्न बाध्य भएको स्थानीयहरू बताउँछन् । उद्योगले दैनिक ५० देखि ९० टन रड उत्पादन गर्दै आएको छ । 

उद्योग सञ्चालकले प्रदूषण नियन्त्रणमा उदासीनता देखाएकाले आम स्थानीय रुष्ट छन् । उद्योगले वातावरणीय मापदण्डको पालना नगर्दा स्थानीय वातावरण र जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

वातावरणीय मापदण्ड पूरा नगरी उद्योग सञ्चालन हुँदा स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर पु¥याएको छ । उद्योगको सञ्चालनका क्रममा हावा, पानी, र ध्वनि प्रदूषणजस्ता समस्याहरू उत्पन्न भएका छन् ।

हावामा धुलो र रासायनिक पदार्थहरू मिसिँदा श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा पोल्ने, र छालासम्बन्धी रोगहरू देखिएका छन् । पानीको फोहोर व्यवस्थापन नगर्दा आसपासको जमिन र पानीस्रोतहरू प्रदूषित भएका छन्, जसले खेतीयोग्य जमिनमा पनि नकारात्मक असर पुर्‍याएको छ । 

स्थानीय बासिन्दाहरूले प्रदूषणका कारण बालबालिका र वृद्धवृद्धामा विशेष स्वास्थ्य समस्याहरू देखिन थालेको बताएका छन् । ध्वनि प्रदूषणले मानिसहरूको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।

सम्बन्धित निकायहरूले यस उद्योगले वातावरणीय मापदण्डहरूको पालन गरिरहेको छ कि छैन भन्ने कुरा कडाइका साथ अनुगमन गर्नुपर्ने र आवश्यक कारवाही गर्नुपर्ने स्थानीयहरूको माग रहेको छ ।

यस्तो माग विगतमा गर्दै आएता पनि सरकार र सरोकारवालाले कम ख्याल गरेको स्थानीयको भनाइ रहेको छ । त्यस्तै उद्योग व्यवस्थापनले चार महिनादेखि मजदुरहरूको ज्याला रोकेको छ । 

उद्योगमा कार्यरत् मजदुरहरूले समयमा ज्याला भुक्तानी नहुँदा आर्थिक संकटमा परेका छन् । मजदुरहरूले सञ्चालक एम.पी. सेनुरियामाथि पैसा रोकेर भारतमा लगानी गरिरहेको आरोप लगाएका छन् । 

मजदुरहरूले समयमै पारिश्रमिक नपाएपछि काढेको ऋण तिर्न नसकेको गुनासो गरिरहेका छन् । बेला दशैँ–तिहार आइसक्दा समेत मजदुरहरूले ज्याला भुक्तानी नपाउँदा आर्थिक कठिनाइमा परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise