काठमाडौं : नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रसारणको अधिकार भारतीय कम्पनि एन के मिडिया भेन्चर प्रालिले पाएको छ । १३ औं साग आयोजक मूल समितिले आइतबार एन के मिडिया भेन्चरसँग प्रसारणको अधिकार एन के मिडिया भेन्चर प्रालिलाई दिने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा एन के मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्रत्यक्ष प्रसारणको अधिकार बापत एन के प्रालिले ८ करोड उपलब्ध गराउने छ । साग खेलकुदको इतिहासमा पहिलो पटक प्रसरण अधिकार सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतासँगै एन के मिडिया अन्तर्गतको नक्षत्र न्युजले सागको २७ खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । यस्तै खेलको भिडियो र हाइलाइट मिडिया सेन्टरमा उपलब्ध गराउने छ । नक्षत्रलाई नेपाल टेलिभिजनले प्रोडक्सनमा सघाउने छ ।
नेपाल टेलिभिजनबाट समेत सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ । त्यसबाहेक कम्तिमा १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछ । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies