काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा चलिरहेको छ ।
सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरू सहभागी छन् ।
आफ्नो पार्टी नेतृत्वको सरकारले शुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै त्यसको विरोध र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माओवादी केन्द्रको भनाइ छ ।