२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बर्दियाका ज्ञवाली नियुक्त

ADV
मध्यान्ह
२०८१ कार्तिक १४ गते १८:२८
लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बर्दियाका ज्ञवाली नियुक्त

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्ति भएका छन् । 

एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ संस्थामा काम गरेका व्यक्ति हुन् ।

पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवनसमेत बिताएका थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै युवा संघको राजनीति गरेका एमाले नेता ज्ञवालीको किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्‍याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबै हिसाबले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise