२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

पोखरामा रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

draupadi film
मध्यान्ह
२०८१ कार्तिक २० गते १२:३६
पोखरामा रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

पोखरा : सभापति पक्राउ परेको विरोधमा प्रदशर्नमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।

रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।  

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका उनलाई अदालतले दुई पटक म्याद थप गरिसकेको छ ।

ADV

सम्बन्धित खबर

Advertise