२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित चारै पदका उम्मेदवारको नाम 

shivam cement
२०८१ कार्तिक २१ गते १६:०९
Shares
एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित चारै पदका उम्मेदवारको नाम 

काठमाडौँ : नेकपा एमालेले काठमाडौँमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो  ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस छ ।

त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।

सम्बन्धित खबर