२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने, उपनिर्वाचनअघि बोलायो पदाधिकारी बैठक

ADV
मध्यान्ह
२०८१ कार्तिक २२ गते १२:५८
माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने, उपनिर्वाचनअघि बोलायो पदाधिकारी बैठक

काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ । सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितिको बैठक गरेको माओवादीको दशैं तिहार लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।

तर, उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ । यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बचन भएका छन् ।

उपमहासचिव जनार्दन शर्माले ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्ताव अघि सारेपछि उत्पन्न तरंग केन्द्रीय कमिटीबाटै हल गर्ने सहमति बनेको छ । शर्माले उठाएका सबै विषय आफ्नो दस्तावेजमा राख्ने प्रचण्डले आश्वासन दिएपछि माओवादीभित्र देखिएको विवाद तत्काललाई टरेको छ ।

केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले प्रचण्डले छलफलका लागि पदाधिकारी बैठक डाकेका छन् । सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिस डाँडामा बैठक बस्ने गरी बोलाएको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise