२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने नेकपा एसको तयारी

ADV
मध्यान्ह
२०८१ कार्तिक २२ गते १६:०६
कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने नेकपा एसको तयारी

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खोलेको छ । एक्लै लड्ने तयारी गरेको भने पनि सरकारमा भएका कांग्रेस र एमालेबाहेक विपक्षी दलहरूसँग सहकार्यको विकल्प खुला राखेको हो ।

मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ । पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरे पनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए ।

उनले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमिकतामा राखेको बताए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहभागी छ ।

उनले विपक्षी दलहरूसँग सामान्य छलफल भइरहेपनि कुनै ठोस निर्णय नभएको बताए । नेकपा एसले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइएको छ ।

माओवादीले पनि एक्लै लड्ने तयारी गरे पनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ । त्यसबारेमा थप निर्णय लिनको लागि भोलि पदाधिकारी बैठक बस्दै छ ।

ADVADV

सम्बन्धित खबर

Advertise