काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए ।
सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन् । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् । १३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies