काठमाडौँ : मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् ।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागे लगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको तर्फबाट राजीनामा समेत दिइसकेका छन् ।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् ।