२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रघुवीर महासेठमाथि ज्ञानेन्द्र शाहीको प्रश्न : तपाई नेपालको भौतिकमन्त्री हो कि धनुषाको ?

ADV
मध्यान्ह
२०८१ असार ४ गते १२:४०
रघुवीर महासेठमाथि ज्ञानेन्द्र शाहीको प्रश्न : तपाई नेपालको भौतिकमन्त्री हो कि धनुषाको ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई विभेद गरेको आरोप लगाएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बजेटमा कर्णालीलाई विभेद गरेको आरोप लगाएका हुन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै भौतिकमन्त्री नेपालको हो कि धनुषाको ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् । यो कर्णालीबाट आएको भाषा हो'। 

धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख बजेट विनियोजन गरेको छ । झापामा ६ अर्ब ७० करोड गरेको छ । टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गरिएको छ तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै  बजेट छुट्याइएको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise