२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका (भिडियोसहित)

ADV
मध्यान्ह
२०८१ असार ४ गते १३:०९
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका (भिडियोसहित)

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रमममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबार बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभामा बजेटमाथि आक्रोश पोख्दै अध्यक्ष लिङ्देनले बजेट पुस्तिका नै च्यातेका हुन् ।

उनले आफू कम रिसाउने र आक्रोश पोख्ने मान्छे भए पनि भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हातमा परेको दिनदेखि आफू तातिएको र च्यातेर हुर्‍याउने मन भएको बताए ।

‘म कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ,’ उनले भने ।

त्यति भनेपश्चात उनले बजेट पुस्तिका च्यातेका थिए । उन अगाडि भने, ‘संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ (पोडियम) राख्छु ।'

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि  विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए ।


ADVADV

सम्बन्धित खबर

Advertise