२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

डिपीले गर्न खोजेको राजनीति

ADV
अस्मिता बम
२०८१ कार्तिक २६ गते ०६:४०
डिपीले गर्न खोजेको राजनीति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै एक महिनादेखि आन्दोलनमा छ । कारण– पार्टी सभापति रवि लामिछाने पक्राउ । पार्टी सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको बुझाइ रास्वपाका नेता÷कार्यकर्ताहरूमा छ । तर सभापतिको पक्राउको विरोधमा जारी आन्दोलनलाई लिएर रास्वपाभित्र दुई थरी मत देखा परेको छ । 

लामिछाने पक्षधर नेता÷कार्यकर्ता आन्दोलन चर्काउने पक्षमा छन् भने अर्को पक्ष आन्दोलनको स्वरुप फेरेर अदाती प्रक्रियामा लड्ने र सभापति प्रहरी हिरासतमा रहुञ्जले कार्यबहाक तोकेर पार्टीको अन्य गतिविधिलाई समेत अगाडि बढाउने पक्षमा छ । यो दुई थरी मतबारे नेताहरूको बहस लम्बिँदा लाो समयसम्म पनि रास्वपामा कार्यबहाक तोकिन सकेका छैनन् । यही बेला उपसभापति डिपी अर्यालले लामिछाने बाचुञ्जेल पार्टी नेतृत्वमा रहिरहने बताइदिए ।

आइतबार कास्कीको पोखरामा रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अर्यालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो । यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ 

रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने अर्यालको भनाइ छ । नेपाल र अन्तराष्ट्रिय अभ्यासमा समेत जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको धेरै उदाहरण रहेको उल्लेख गर्दै उनले रास्वपाको हकमा समेत यो लागू हुने बताए । रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला अर्यालले उनले बताएपछि रास्वपाका नेता÷कार्यकताहरू झस्किएका हुन् । 

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ लगायतका नेताहरू उपसभापति अर्यालको खण्डन गर्ने तयारीमा छन् । आन्तरिक रुपमा खण्डन गरेर जाने कि सार्वजनिक रुपमै खण्डन गर्ने भन्नेमा निर्णय लिन आन्तरिक छलफलमा रहेको उनीहरू बताउँछन् । लामिछानेलाई सरकारले प्रतिसोध साधेको रुपमा स्वीकार गरिएता पनि कानुनी लडाइ लड्न छाडेर आन्दोलन गर्ने र पार्टीका अर्को पनि नेता छ भनेर समाजमा अगाडि बढ्नुको सट्टा जेलबाटै पार्टी चलाउने जस्तो अभिव्यक्ति आएको भनेर अर्को पक्ष आन्तरिक छलफलमा जुटेको हो । 

हिरासतमा रवि : चौथो पटक म्याद थप 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतका राख्नका लागि अदालतबाट चौथो पटक म्याद थप भएको छ । आइतबार जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । 

कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परे लगत्तै रास्वपा आन्दोलनमा उत्रिएको हो । लामिछानलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी) काठमाडौंको चमतीस्थित पार्टी कार्यालय पुग्दा लामिछानेका समर्थक र पार्टीका नेता÷कार्यकर्ताले विरोध गरेका थिए । त्यसयता कहिले पोखरा त कहिले काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपा छ । 

पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पसाईंलाई १३ दिनको म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुरा पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise