२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद थानीको चेतावनी

ADV
मध्यान्ह
२०८१ असार ४ गते १५:०७
संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद थानीको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने उनले चेतावनी दिएका हुन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए ।

कर्णालीलाई सरकारले विभेद गरेको भन्दै उनले प्रश्न गरे, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँंडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ?’ उनले सरकारकै कारण कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु मार्ग बनेको आरोप लगाए ।

ADVADV

सम्बन्धित खबर

Advertise