२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन कांग्रेस मधेश प्रदेशको आह्वान

ADV
मध्यान्ह
२०८१ कार्तिक २६ गते १६:५८
स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन कांग्रेस मधेश प्रदेशको आह्वान

जनकपुरधाम : नेपाली कांग्रेसको मधेश प्रदेश कार्यसमितिले यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा प्रदेशका ७ वटै वडास्तरका निर्वाचन क्षेत्र प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी परिचालन गर्ने निर्णय गरेको छ ।

उपनिर्वाचनमा उम्मेदवारलाई टिकट दिनेबारे निर्णय जिल्लाबाट आएको सिफारिसअनुसार प्रदेशस्तरको संसदीय समितिले गर्ने प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले मधेश प्रदेशमा आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कात्तिक २४ गते शनिबार बसेको नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी एवम् कार्यसम्पादन समितिकाे बैठकले गरेको निर्णयलाईसमेत अनुमोदन गरेको छ ।

मंसिर १६ मा हुने मधेश प्रदेशका रौतहटका ३, सप्तरीका २, धनुषाको १ र महाेत्तरीको १ गरी ७ स्थानीय तहमा रिक्त रहेको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा सम्पूर्ण पार्टी पंक्तिलाई केन्द्रित हुन आह्वान गरिएकाे छ ।

उप निर्वाचनलाई परिणाममुखी बनाउन पूर्वमन्त्री रामशराेज यादव (धनुषा), महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चाैधरी (सप्तरी), नरेन्द्र यादव (महोत्तरी), सहमहामन्त्री जयनारायण यादव र प्रदेश सदस्य सुर्या बाहादुर थापा (रौतहट) लाई जिम्मेवारी दिइएकाे छ ।  

नेपाली कांग्रेस र नेकपा एमालेकाे नेतृत्वमा गठन भएकाे संघीय सरकारलाई सफल बनाउन प्रदेशस्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णयानुसार नेपाली कांग्रेसकाे तर्फबाट प्रदेश सभापति कृष्णा यादवकाे संयाेजकत्वमा ३ सदस्यीय संयन्त्र निर्माण गरिएकाे छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise