२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अनुमतिविना गैरसरकारी संस्थाको कुनै सहयोग नलिन निर्देशन

Nada
२०८१ असार ४ गते १७:२१
Shares
अनुमतिविना गैरसरकारी संस्थाको कुनै सहयोग नलिन निर्देशन

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संघीय संसद अन्तर्गतका सबै समितिलाई बैठकमा गैरसरकारी संस्थाहरूको कुनै सहयोग नलिन निर्देशन दिएका छन् । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले एक पत्र काट्दै समितिहरूलाई निर्देशन दिएका हुन्  ।

ncell

पत्रमा भनिएको छ, ‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिविना कतिपय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरुले संघीय संसदअन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासा सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।’

राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँड्दा खैलाबैला भएपछि गृहमन्त्री रवि लामिछाने बैठक छोडेरै हिँडेका थिए । अन्य सांसदहरूले पनि प्रश्न उठाएका थिए । यही विषय बाहिर आएपछि विनाअनुमति कुनै सहयोग नलिन संसद सचिवालयले निर्देशन दिएको हो ।

ताजा खबर

सम्बन्धित खबर