२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

'तेल भिसा'का निर्माता र निर्देशकविरुद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा उजुरी

ADV
मध्यान्ह
२०८१ कार्तिक २८ गते १४:०८
'तेल भिसा'का निर्माता र निर्देशकविरुद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा उजुरी

काठमाडौं : अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा फिल्म 'तेल भिसा' निर्माता तथा निर्देशकविरूद्ध प्रहरीमा उजुरी परेको छ । निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरूद्ध अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।

उनीहरुविरुद्ध परेको उजुरीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । फिल्म 'तेलभिसा' मंसिर ७ गते रिलिज हुने तयारीमा छ । फिल्म प्रदर्शनका लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise