२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

ADV
मध्यान्ह
२०८१ मंसिर २ गते १२:२३
‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

काठमाडौं : नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ तारिकमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ । 

कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रम दिउँसो १ बजेबाट राति १० बजेसम्म हायात होटलमा हुने आयोजक  ग्रान्ड च्यारिट नेपालले जानकारी दिएको छ । नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति राख्नेछन् । ‘के पप टुर इन नेपाल’ सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आ-आफ्नो प्रस्तुति दिनेछन् ।

कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराईलगायतका ब्यान्डका कलाकारहरुले आ-आफ्नो प्रस्तुति राख्नेछन् । यस्तै एओनियो मामी, हान सेह्युनले पनि कार्यक्रममा प्रस्तुति दिने आयोजकले जनाएको छ ।

ग्रान्ड च्यारिट नेपालले कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउँदै कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतिबाट नयाँ अनुभव लिन पाउने बताएको छ । आयोजकले यसका लागि टिकट बिक्रीसमेत खुला भएको बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise