२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बाढी पीडितलाई सामुदायिक सेवा समाजको राहत

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते २०:४०
बाढी पीडितलाई सामुदायिक सेवा समाजको राहत

काभ्रे : बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत–प्रदान गरेको छ ।

समाजले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ७ घरपरिवारलाई खानेपानीको सुविधा पुनस्र्थापित गर्नका लागि खानेपानीको पाइपप्रदान गरेको हो ।

पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले सहयोग पु¥याउने उद्देश्यका साथ खानेपानीको पाइप हस्तान्तरण गरी राहत प्रदान गरिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताए । 

सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसी भैलोबाट उठेको रकम संकलन गरी ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो ।

राहत सामग्री ४ नम्बर वडाध्यक्ष कृष्णबहादुर लामा, निवर्तमान वडाध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीयको रोहबरमा संस्थाका अध्यक्ष शिवराम अर्यालले वडाध्यक्ष लामालाई हस्तान्तरण गरेका हुन् । वितरण गरिएको पाइपबाट बाढी पीडित घरपरिवारले खानेपानी सहज रुपमा प्राप्त गर्ने अपेक्षा संस्थाको छ ।

मैजुबहाल कुमारीगालमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट संकलित ८० हजार ८  रकमबाट २ हजार मिटर पाइप खरिद गरी हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दुःखमा मल्हम लगाउन पाउँदा थप उत्साहित भएको बताए । 

संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिए । ३ सय भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाँडाका मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise