२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

एआर रहमान र सायरा बानोबीच सम्बन्धविच्छेद

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते १५:३५
एआर रहमान र सायरा बानोबीच सम्बन्धविच्छेद

काठमाडौँ :ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोबीच तीन दशक लामो वैवाहिक सम्बन्ध समाप्त भएको छ । 

सायरा बानोले सार्वजनिक रुपमा सम्बन्धविच्छेदको घोषणा गरेकी हुन् । 

सायराकी वकील वन्दना शाहले यो विषयमा गोपनीयता राख्न सबैलाई अनुरोध गरेकी छन् । उनले भावनात्मक तनावको कारण यो निर्णय गरिएको जनाएकी छन् । 

रहमानले सामाजिक संजाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘यस्तो लाग्छ कि सबै कुराको नदेखिने अन्त्य हुन्छ । भगवानको सिंहासन पनि टुक्रिएको हृदयको बोझले काँप्न सक्छ ।’ 

उनीहरूको विवाह १२ मार्च १९९५ मा भएको थियो । उनीहरूको दुई छोरीहरू खतिजा र रहिमा तथा एक छोरा अमिन पनि छन् । रहमानले सिमी ग्रेवालको च्याट शोमा आमाले सायरासँग विवाह तय गरेको खुलाएका थिए । 

उनीहरूको सम्बन्धविच्छेदबाट फ्यानहरूलाई पनि गहिरो धक्का लागेको छ । मूल ए एस दिलीप कुमार नाम भएका उनी अल्लाह रक्खा रहमान नामले चिनिएका छन् । पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् उनी हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार पनि हुन् । उनको जन्म भारतको तमिलनाडुमा भएको हो ।  

रहमान गोल्डन ग्लोब अवार्डबाट सम्मानित उनी प्रथम भारतीय नागरिक हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise