२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

पञ्चपुरीमा जिप दुर्घटना : १४ यात्रु घाइते (नामावलीसहित)

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर ८ गते १६:००
पञ्चपुरीमा जिप दुर्घटना : १४ यात्रु घाइते (नामावलीसहित)

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटना भएको छ । शनिबार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका–५ गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते हुनेहरुमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्बती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि बर्षा सुनार र वर्ष ४० का बिरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिब राज सुनार रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

यस्तै पञ्चपुरी नगरपालिका–२ बस्ने वर्ष ३२ कि भावना रोकाय दैलेख दुल्लु नगरपालिका–३ बस्ने वर्ष २२ का प्रकाश महत, कैलाली घोडाघोडी नगरपालिका–७ बस्ने थर नखुलेका वर्ष ३७ का सन्तोष र वर्ष ३६ कि सरस्वती धामी, कैलाली लम्की नगरपालिका–६ बस्ने वर्ष ८ कि पृती घिमिरे र वर्ष ३० कि टीका घिमिरे घाइते भएका छन् ।

यस्तै प्रहरी निरीक्षक सुनारका अनुसार घोडाघोडी नगरपालिका–४ बस्ने वर्ष ४५ का खगेन्द्र कँडेल र डडेलधुरा पर्सुराम नगरपालिका–६ बस्ने वर्ष ३० का गणेश प्रसाद जैसी घाइते भएका छन् । घाइतेहरुको बाबियाचौरस्थित पञ्चपुरी अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप आफै अनियन्त्रित भए सडकको बायाँ किनाराबाट करिब १० मिटर तल खसेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise