२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

Nada
२०८१ मंसिर १२ गते १३:४९
Shares
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

ncell

बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा रिर्पोटिङ लिने र त्यसउपर छलफल गर्ने पहिलो एजेण्डा छ । केन्द्रीय समितिको बैठकको तयारीबारे छलफल गर्ने दोस्रो एजेण्डा छ । तेस्रो एजेण्डामा विधान संशोधन प्रतिवेदन पेस गर्ने विषय रहेको छ ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।

विधानसम्बन्धी कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । स्थानीय तहको सम्मेलन विषयमा कार्यविधि बनाउन कार्यदलमा महासचिव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर