२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गीतकार सन्तोष गुरुङको 'तिम्रो मेरो सम्बन्ध' सार्वजनिक

shivam cement
२०८१ मंसिर १२ गते १४:३९
Shares
गीतकार सन्तोष गुरुङको 'तिम्रो मेरो सम्बन्ध' सार्वजनिक

काठमाडौं : वरिष्ठ गायक उदय सोताङ र गायिका ममता हिङमाङको स्वर रहेको गीत 'तिम्रो मेरो सम्बन्ध' सार्वजनिक भएको छ । गीतकार सन्तोष गुरुङको शब्द रचना रहेको गीतमा गायक उदय सोताङको संगीत, कृष्ण लिम्बूको संगीत संयोजन, सुरज प्रधानको रेकर्डिङ र दिनेश न्यौपानेको मिक्सिङ मास्टरिङ रहेको छ ।

गीतको भिडियो दाउथ राईले निर्देशन गरेका छन् । कलाकारमा सुरेश कोहिल र गायिका ममता  हिङमाङले अभिनय गरेका छन् । सुमुधुर मेलोडीमा तयार भएको गीतलाई राम चन्द्र राईले छायांकन तथा दिनेश शाहले सम्पादन गरेका छन् ।

गीतको निर्माताको रुपमा सुष्मा गुरुङ छिन् । उदय मनिला सोताङ युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनेमा गीतकार गुरुङ आशावादी रहेका छन् ।


सम्बन्धित खबर