२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

‘बुलाकी’ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

ADV
मध्यान्ह
२०८१ मंसिर १२ गते १८:४२
‘बुलाकी’ले पायो सर्वोत्कृष्ट चलचित्र अवार्ड

काठमाडौं: चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

यस्तै, सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरिएको छ । ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् ।

शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

पुरस्कृत हुनेहरू

सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
निर्णायक समिति प्रोत्साहन पुरस्कार ः स्वस्तिमा खड्का (टुल्की)  
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार : शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन : राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बू भाषा)
व्यावसायिक चलचित्र : जारी (वि.सं. २०८०)

विशेष योगदान सम्मान
तैयव शाह : कलाकार
कृष्णप्रसाद रायमाझी : प्रदर्शक
नारायण प्रधान : द्वन्द्व निर्देशक
विद्या कार्की : कलाकार
नरेन्द्र महर्जन : प्रदर्शक
नन्दकिशोर प्रसाद श्रीवास्तव : कलाकार र निर्माता
भोजबहादुर गुरुङ : निर्देशक रनिर्माता
अमुल कार्की ढली : संगीत संयोजक
ध्रुबकुमार श्रेष्ठ : प्रदर्शक
बुद्धि तामांग : कलाकार
सबिता गुरुङ : कलाकार
विशेष चलचित्र पुरस्कार : सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री)
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise