२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

अभिनेता उमेश भट्ट अब चलचित्र निर्माण र अभिनयमा

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १३:१४
अभिनेता उमेश भट्ट अब चलचित्र निर्माण र अभिनयमा

काठमाडौं : दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेका र उत्तिकै संख्यामा निर्देशनसमेत गरेका अभिनेता उमेश भट्ट अब चलचित्रमा अभिनय र चलचित्र निर्माणमा जुटेका छन् ।

केही समयअघि अमेरिकाबाट नेपाल आएका बेला आफ्नो युवि क्रियशन नामक युट्युबका लागि थप ३ वटा म्यूजिक भिडियो निर्माण र अभिनय गर्दै गर्दा नेपालको एक स्थापित ब्यानरको टिमसँग चलचित्र निर्माण र अभिनयका लागि सहमति गरेर भट्ट अमेरिका फर्किएका थिए ।

अहिले चलचित्रको स्कृप्टको काम भइरहेको र करिब ५ महिनापछि चलचित्रको सम्पूर्ण तयारी पूरा गरेर अर्को वर्षको सुरुवातमै फ्लोरमा जाने गरी काम भइरहेको चलचित्रसँग सम्बन्धित स्रोतले जानकारी दिएको छ । कथा लेखनसँगै केही मुख्य कलाकारबारे पनि मोटामोटी सहमति र छनोट भएको बताइएको छ । स्कृप्ट लक नहुन्जेलसम्म सबै कुरा सार्वजनिक गर्न नमिल्ने भट्टले बताए ।

उमेशले यसअघि म्युजिक भिडियोबाहेक केही भोजपुरी चलचित्रमा पनि अभिनय गरिसकेका छन् । आफू फरक पेशाको भए पनि नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भनेर निर्माण र अभिनय गरेको बताउने भट्टले चलचित्रलाई भने व्यावसायिकरूपमा लिएको र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्य रहेको बताएका छन् ।

भट्टले अभिनय गरेका 'सान्नानी', 'सुदूरपश्चिम धान झुल्या माल', 'कतै म हराएकी'लगायतका गीत दर्शकले मन पराएका म्युजिक भिडियोहरू हुन् । यसैगरी एक हप्ता पहिले सार्वजनिक भएको भट्ट अभिनीत, प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द, सिडी विजय अधिकारीको संगीत र समिक्षा अधिकारी र सिडीको स्वर रहेको 'गर्न मन छ तमीसँग कुरा पियारी' बोलको गीत अहिले चर्चामा रहेको छ । गीत र म्युजिक भिडियोले दर्शकहरुको सकारात्मक प्रतिक्रियासहित राम्रो भ्युज पाउँदै गएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise