२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

उपनिर्वाचनमा एमाले प्रदेश सांसदले प्रयोग गरेको सरकारी गाडी नियन्त्रणमा

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १५:३९
उपनिर्वाचनमा एमाले प्रदेश सांसदले प्रयोग गरेको सरकारी गाडी नियन्त्रणमा

काठमाडौं : एमाले)का लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने स्थानीय तह उपनिर्वाचनको प्रचारमा सरकारी गाडी प्रयोग गरेको पाइएको छ ।

कपिलवस्तुको शुद्दोधन गाउँपालिका–१ मा उपनिर्वाचन प्रचार–प्रसारमा जाँदा उनले सरकारी गाडी प्रयोग गरेको भेटिएको हो । उनले सरकारी गाडीको दुरुपयोग गरेको माओावादी केन्द्र र जसपाले आपत्ति जनाएको छ ।

न्यौपानेले उप निर्वाचनमा एमालेका उम्मेदवार माहोमम्द ताहिर मुसलमानलाई जिताउन प्रचारमा हिंडेका थिए ।

उनीहरूले सांसद न्यौपानेसहित एमाले नेताहरू चढेको लु १२९७ नम्बरको सेतो प्लेटको उक्त सरकारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकडीमा बुझाएका थिए ।

गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्वअध्यक्ष झविलाल पोखरेल, सांसद न्यौपानेलगायतका नेताहरू थिए ।  सांसद न्यौपाने लुम्बिनी प्रदेशसको विषेशाधिकार समिति सभापतिसमेत हुन् ।

गाडीलाई इलाका प्रहरी कार्यालय पकडी पठाइएको छ । सहायक निर्वाचन अधिकृत अमर ओलीले घटना पुष्टि गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise