२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

बाँकेको डुडुवामा निःशुल्क आँखा शिविरः २ सय ५४ जनाले लिए सेवा

ADV
पवन जायसवाल
२०८१ मंसिर १५ गते २०:२१
बाँकेको डुडुवामा निःशुल्क आँखा शिविरः २ सय ५४ जनाले लिए सेवा

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं.६ मा कोरी कल्याण समाज नेपालगन्ज बाँकेको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

वडा नं. ६ वडा कार्यालय र नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहकार्यमा शिविर सम्पन्न भएको हो । 

सरस्वती माध्यमिक विद्यालयको परिसरमा भएको शिविरमा १ सय ५ जना महिला र १ सय ४९ जना पुरुष गरी २ सय ५४ जनाको आँखा परीक्षण गरिएको छ । 

शिविरमा ३४ जनामा मोतिबिन्दु देखिएको छ । उनीहरुलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको समाजका उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) ले बताए । 

शिविरमा फत्तेबाल आँखा अस्पतालका रेखा थारु, आरुती थारु, रबिना घर्ती, संगीता योगी, गंगा महत, सलिना चौधरीले प्राविधिकमा सहयोग गरेको विजय कोरीले बताए । कोरी कल्याण समाज बाँकेका अध्यक्ष रामशंकर माधवदास, उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक), सचिव मिश्रीलाल कोरी, विजय कोरी, विशाल कौलिक, जिल्ला सदस्य भल्लु कोरी, राम बिलास कोरी, मनोज कोरी, लीला खत्री लगायतको सक्रियतामा निःशुल्क आँखाको शिविर सम्पन्न भएको हो । 

कोरी कल्याण समाज नेपालगन्ज बाँकेका अनुसार शिविरमा डुडुवा गाउँपालिका वडा नं.६ का भंघोटना, कालाबञ्जर, चौधरीपूर्वा, बल्दीपूर्वा, उधवपूर्वा, मुन्शपूर्वा, महन्तपूर्वा, अहिरापुर, पटवारीपूर्वा, कोरियनपुर, बकौली, सिक्खनपुर्वा, सुन्दरपुर, आसमानपुर, फकिरेपुर्वा, दशरथपूर्वा, भज्जपूर्वा, जंगलीसिंहपूर्वा लगायत गाउँबाट आँखाका रोगीहरुको आँखाको जाँच गराइ निःशुल्क औषधी प्राप्त गरेका छन् ।

आँखा शिविर बाहेक कोरी कल्याण समाज नेपालगन्ज बाँकेले स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको समाजसेवी तथा गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसनका संस्थापक प्रदीप शाहले बताए । जंगली प्रसाद(जेपी) कौलिकका अनुसार मोतीविन्दु भएका बिरामीको शल्यक्रिया गर्नका लागि ८ हजार रुपैयाँ लाग्नेछ । तर शिविरका मोतिबिन्दुका बिरामीले  ५० प्रतिशत छुटमा शल्यक्रिया गर्न सक्नेछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise