२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सहकारी पीडितको रकम सरकारले फिर्ता गर्नुपर्छ : सोबिता गौतम

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १५ गते २०:३२
Shares
सहकारी पीडितको रकम सरकारले फिर्ता गर्नुपर्छ : सोबिता गौतम

अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य तथा सांसद सोबिता गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर सहकारीमा जनताको डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएकोले यसको निष्पक्ष छानबिन गरी सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने बताएकी छन् । रास्वपा अर्घाखाँची जिल्लाको प्रथम भेलालाई सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दै सांद गौतमले यस्तो बताएकी हुन् ।

ncell

सांसद गौतमले आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई पनि कारबाही गरि देशमा विधिको शासनको प्रत्याभूति आम नागरिकलाई दिलाउनुको सट्टा सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताउँदै सरकारले गठन गरेको संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको बताइन् ।

कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध कदापि स्वीकार्य नहुने बताउँदै उनले गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बौंको घोटालाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह समेत गरिन् ।

कार्यक्रम रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालको अध्यक्षता, सन्धिखर्क नगर सभापति प्रकाशचन्द्र आचार्यको सञ्चालन, कमल मरासिनीको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । भेलाले हरिप्रसाद भुसालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर