काठमाडौं : पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ छायांकन सकिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सुटिङ २६ दिनमा सकिएको हो ।
३० दिनको समय तालिका लिएर छायांकनमा गएको फिल्म निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप भएको निर्माण टिमले जनाएको छ । फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।
सुरेश न्यौपानेले पनि यसै फिल्मबाट निर्देशनमा ‘डेब्यु’ गरेका छन् । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।
सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।