काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरेका थिए । साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सिइओ खत्रीले सो प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा उनले अन्य प्रदेशको तुलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडि रहे पनि सम्भावना भने बढी रहेको बताएका थिए ।