२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

फुङलिङमा शुक्रवार सार्वजनिक बिदा

draupadi film
मध्यान्ह
२०८१ मंसिर २० गते १८:१३
फुङलिङमा शुक्रवार सार्वजनिक बिदा

ताप्लेजुङ : चासोक तङनाम पर्व २०८१ को अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले चासोकको अवसरमा शुक्रवार एक दिन स्थानीय बिदा दिने निर्णय भएको जानकारी दिए । शुक्रबार नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था एवम् शिक्षण संस्था बन्द रहने फुङलिङ नगरपालिकाले जनाएको छ ।

चासोक तङनाम सञ्चालन समितिले मंसिर १५ गते फुङलिङ नगरपालिका वडा नं ४ अम्बिटारस्थित भानुजन माविको खेल मैदानमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

शनिबार गोल्डकपको फाइनल हुनेछ भने शुक्रवार सांस्कृतिक कार्यक्रम सहितका विविध मनोरञ्जनात्मक कार्यक्रम हुने चासोक तङनाम सञ्चालन समितिका उपाध्यक्ष दिनेश लिङखिमले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा लागि शान्तिश्री परियार, झूमा लिम्बू, माल्भिका सुब्बा सहितका कलाकार आउँदैछन् भने रैथाने ब्याण्डको प्रस्तुति समेत रहने छ । चासोक तङ्नाम न्वागी खाने पर्व हो ।
 

ADV

सम्बन्धित खबर

Advertise