२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

महिलाको वीभत्स हत्या

shivam cement
२०८१ मंसिर २१ गते १८:१७
Shares
महिलाको वीभत्स हत्या

जनकपुरधाम : धनुषामा एक महिलाको वीभत्स हत्या भएको छ । विदेह नगरपालिका–५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।

रामपरीको टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएको छ । टाउको छिनाएको उनको शव नग्न अवस्थामा घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ । टाउको भने कमला नदीको नहरमा भेटिएको छ ।

हत्या भएकी रामपरीका श्रीमान् लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।

मृतकका कान्छो छोराका अनुसार मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको वीभत्स हत्या भएको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर