अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । शीतगंगा नगरपालिका– ४ कोप्चेवासमा नरपानीबाट गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख.२११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँई बस अनियन्त्रित भएको हो ।
सडकदेखि अन्दाजी १० मिटर तल खस्दा बस र मोटर साइकलमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए । गम्भीर घाइते ४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । अधिकांश घाइते बाँके जिल्लाका रहेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।