२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

प्रधानमन्त्री ओलीले भोलि दमकमा भ्यू टावरको उद्घाटन गर्ने

draupadi film
मध्यान्ह
२०८१ मंसिर २२ गते १७:०६
प्रधानमन्त्री ओलीले भोलि दमकमा भ्यू टावरको उद्घाटन गर्ने

झापा-दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा १ अर्ब ४५ करोडको रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नै ५ वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि आइतवार नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise