२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

भोलिदेखि देशैभर मानवअधिकार महाभेला हुँदै

ADV
मध्यान्ह
२०८१ मंसिर २२ गते १७:१३
भोलिदेखि देशैभर मानवअधिकार महाभेला हुँदै

काठमाडौं : १६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा महाभेला हुन लागेको हो ।

आयोजकले शनिवार पत्रकार सम्मेलन गरेर महाभेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । महाभेलाका संयोजक भोला भट्टराईका अनुसार महाभेला सात दिनसम्म चल्नेछ ।

आइतबार ललितपुरमा विशेष कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय महाभेलाको उद्घाटन गर्नेछन् ।

यसपटक महाभेलाको नारा ‘सामाजिक, मार्थिक तथा बातावरणिय न्यायको आधार:  सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने तय गरिएको छ । यस अन्तर्गत विभिन्न विषयमा सात दिनसम्म अन्तरक्रियात्मक कार्यक्रम हुनेछन् ।

मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाईरहेको अवस्थामा यस महाभेलामा विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन, प्रभातफेरी जस्ता कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

महाभेला मार्फत मानवअधिकार प्रति जिम्मेवार र जवाफदेहि हुन सरकार, नीजि क्षेत्रलाई दबाब सृजना गर्ने लक्ष्य राखिएको छ । पछिल्लो समय विश्वमा बढ्दै गएको हिंसा, आतंक र प्राकृतिक स्रोत तथा बाताबरणमाथी दोहन गरी समुदायको जिविकोपार्जनको अधिकारका सवालहरु पनि उठान हुनेछन् । यस महाभेलाको क्रममा मानवअधिकारप्रति राजनीतिक पाटीको प्रतिवद्धता एवं विभिन्न सरकारी निकायको जवाफदेहिता खोज्न सवादहरु हुने, मानबअधिकारको निगरानी गरिने, काठमाण्डौ लगायत सात वटै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तय भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise