धादिङ : धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा आज बिहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा रहेका चालक तथा सहचालकको खोजी कार्यमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल त्रिशूली नदिमा खसेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।