२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा ‘ओरेन्ज द स्कूल’अभियान

ADV
मध्यान्ह
२०८१ मंसिर २३ गते १६:२९
एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा ‘ओरेन्ज द स्कूल’अभियान

काठमाडौं : एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’अभियान संचालन गरिरहेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १,५०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको छ ।  

यस कार्यक्रमको मुख्य उद्धेश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ ।

‘ओरेन्ज द स्कूल’अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । 

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ ।

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise