काठमाडौं : नेपाली महिला फुटबलर सावित्रा भण्डारीले भारतीय महिला लिगमा फेरी शानदार प्रदर्शन गरेकी छिन् । उनले गोकुलम केरला एफसीका लागि दाेस्राे पटक ५ गाेल गरेकी छिन् । जसकारण उनकाे टिमले सानदार जित निकालेकाे छ ।
बैङलाेर स्टेडियममा गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हराउँदा सावित्रा एक्लैले ५ गाेल गरेकी हुन् । जसका कारण उनी प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्।
सुरूवाती ११ मा परेकी सावित्राले खेलको चोथौ मिनेटमा नै गोल गरिन् । पहिलो हाफ १–० ले अग्रता बनाएको गोकुलमका लागि सावित्राले बाँकी ४ गोल दोस्रो हाफमा गरिन्। जसमा उनले ५१, ५२, ७४ र ८३ औं मिनेटमा गोल गरिन्। यसअघि उनकाे टिमले केन्क्रे एफसीलाई १०–१ ले हराउँदा पनि सावित्रा एक्लैले ५ गोल गरेकी थिइन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies