२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कपुरकोटमा विशेषज्ञ स्वास्थ्य शिविर

ADV
मध्यान्ह
२०८१ मंसिर २३ गते १६:४५
कपुरकोटमा विशेषज्ञ स्वास्थ्य शिविर

सल्यान-सल्यानको कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा संचालित बृहत् विशेषज्ञ स्वास्थ्य शिविरबाट पालिकाभरिका ७ सय ४५ जना लाभान्वित भएका छन् । पालिकाबासीले गाउँघरमै स्वास्थ्य सेवा पाऊन् भनी संचालन गरेको शिविरबाट त्यति धेरै स्थानीयबासी लाभान्वित भएका हुन् ।

कपुरकोट गाउँपालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल दाङको प्राविधिक सहयोगमा एकदिने विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको थियो । पालिकाबासीले उपचारका लागि बाहिर जान नपरोस् र घर नजिकैबाट सेवा पाऊन् भनी शिविर संचालन गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।

शिविरबाट स्त्री रोगसम्बन्धी १ सय ३, नाक, कान, घाँटीसम्बन्धी १ सय ३७, हाडजोर्नी तथा नशारोगसम्बन्धी २ सय ३, मेडिसिनसम्बन्धी २ सय १८ ले सेवा लिएको उनले जानकारी गराए । उनका अनुसार जसमध्ये ८४ जनाले ल्याब सेवा, ३३ जनाको भिडियो एक्सरे, ४ जनालाई भर्ना गरी इमरजेन्सी सेवा प्रदान गरिएको थियो ।

शिविरमा उपचार गराउन आएका र रिफर गरिएकालाई राप्ती लाइफ केयर अस्पतालले न्यून शुल्क तथा आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गर्ने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताए । विभिन्न रोगका लागि दाङ तथा नेपालगन्ज धाउन बाध्य हुँदै आएका बिरामीलाई पालिकाले संचालन गरेको शिविरबाट केही राहत भएको उनले जानकारी गराए । शिविरमा उपचार गर्न आएका सबैलाई निःशुल्क औषधी समेत वितरण गरिएको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise