काठमाडौं : काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइबाट निकालेको छ ।
ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ बर्षिय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंगलबार गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा बिपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो ।