२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सशस्त्रका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

shivam cement
२०८१ मंसिर २६ गते १६:०२
Shares
सशस्त्रका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ)का तत्कालीन प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धा आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । प्रहरी  निरीक्षक कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिनको माग गर्दै उजुरी परेको थियो ।

प्रवक्ता नरहरि घिमिरेका अनुसार सोही उजुरीको आधारमा छानबिन हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडियट एजुकेसन युपी) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र लिइ झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा समेत भएका थिए ।

झुट्टा शैक्षिक प्रमाणपत्र पेशगरी राष्ट्रसेवकको पदमा प्रवेश गरी ओहदा एवं लाभसमेत प्राप्त गरेकाले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२,दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ ।

उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाइ दाङबाट कार्यरत रहेका बेला राजीनामा दिएका थिए ।
 

सम्बन्धित खबर