२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

एमालेको दानसम्बन्धि जग्गा विवाद हेर्दाहेर्दैमा

ADV
मध्यान्ह
२०८१ मंसिर २८ गते १५:३८
एमालेको दानसम्बन्धि जग्गा विवाद हेर्दाहेर्दैमा

काठमाडौं : भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीशद्वय अब्दुल अजीम मुसलमान र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको विवाद मुसलमान र ढकालको इजलासले छिन्ने छ ।

यस अघि गत आइतबार सो रिट सुनुवाइका लागि न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो । तर, समय अभावका कारण हेर्न नभ्याईनेमा परेको थियो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले एमालेले लिएको दानविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । यसअघि बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त दान प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेको थियो । अन्तरिम आदेश जारी हुने कि नहुने भनेर संयुक्त इजलासमा छलफल हुने भनिएको थियो ।

गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ता बस्नेतसहितले दर्ता गरेको रिटमा भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रूपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी गरिएको थियो ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएपछि गत बुधवार रिट दर्ता गरिएको थियो ।

रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ । उक्त भवनमा निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको थियो ।

गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन् । विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर (किर्ते) सम्बन्धी मुद्दा पनि विचाराधीन छ । यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise