२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

पर्साबाट ३० लाख बढीको कपडा बरामद

ADV
मध्यान्ह
२०८१ मंसिर ३० गते १३:१३
पर्साबाट ३० लाख बढीको कपडा बरामद

पर्सा : पर्साको वीरगन्ज महानगपालिका–६ लाटगलिबाट सशस्त्र प्रहरी बलले ३० लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र  वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखेको कपडा र कस्मेटिक सामान शनिबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद कपडामा कुर्ता सुरुवाल एक हजार ६ सय २७ पिस, स्काफ एक हजार ७ सय २२ पिस, सल दुई हजार ७ सय ६८ पिस, लेडिज ब्याग, साडी पिन, लङ कोट लगायत रहेको छ ।

प्रवक्ता थापाले आइतबार ती सामनको ३० लाख ४९ हजार सात सय मूल्य कायम गरी आवश्यक कारबाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइको बताए । पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डिएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरी राखिएका करोडौं मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise