२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अत्यधिक गर्मीले कपिलवस्तु बाणगंगाका विद्यालय ६ दिन बिदा

ADV
क्षितिज किरण
२०८१ जेठ १९ गते १६:२७
अत्यधिक गर्मीले कपिलवस्तु बाणगंगाका विद्यालय ६ दिन बिदा

कपिलवस्तु : कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगङ्गा नगरपालिकाभित्रका विद्यालय बन्द भएका छन् । नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामी २० गतेदेखि २५ गतेसम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीद्वारा हस्ताक्षरित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी आगामी आइतबारदेखि शुक्रबारसम्मका लागि ६ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पछिल्ला केही दिनयता बाणगङ्गासहित कपिलवस्तु र तराइ मधेशका जिल्लामा अत्यधिकरुपमा गर्मी बढिरहेको छ । बिहीबार र शुक्रबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगङ्गाको ४३ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो । तापक्रम ४० डिग्रीभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ । गर्मी अझै केही दिन बढ्ने मौसमविद्हरूले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise