२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

बारामा कारभित्र बेवारिसे शव फेला, टाउकोमा गोली लागेको आशंका 

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष ६ गते १३:०७
बारामा कारभित्र बेवारिसे शव फेला, टाउकोमा गोली लागेको आशंका 

रौतहट : बारा जिल्लाको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव फेला परेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको हो ।

बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान भने खुल्न सकेको छैन ।

स्थानीयवासीले मृतकको टाउकोमा गोली लागेको दाबी गरेका छन् । तर, घटनाबारे आधिकारिक पुष्टि नभएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा अनुसन्धान कार्य सुरु भएको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise