दोहा, कतार : श्री सद्भाव युवा समाज कतारले सिन्धुली जिल्लामा अवस्थित सुनकोशी गाउँपालिका अन्तर्गत मुलकोटका बाढी पीडितलाई खानेपानीको पाइप खरिदका लागि आर्थिक सहयोग गरेको छ । सद्भाव युवा समाज नेपालको समन्वयमा रु ४० हजार खानेपानीको पाइप खरिदका लागि सहयोग गरिएको हो ।
केही दिन पहिले क्षति स्थलमै पुगेर समाजका पूर्वसंरक्षक सदस्य खड्क श्रेष्ठसहितको टोलीले सोही स्थानका सांसद लेखनाथ दाहाल 'राजन', सुनकोशी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको उपस्थितिमा गाउँपालिकालाई रकम हस्तान्तरण गरिएको सद्भाव समाज कतारले जनाएको छ । प्रवासमा रहेर पनि फरक-फरक जिल्लालाई आफ्नै जिल्ला र आफ्नै पीडा सम्झेर सहयोग गर्ने सद्भाव परिवारलाई दाहालले धन्यवाद ज्ञापन गरे ।
कतारको स्थानीय कम्पनी कतार एयरवेजमा कार्यरत नेपालीहरू मिलेर स्थापना गरेको श्री सद्भाव युवा समाजले सामाजिक सद्भाव र आपसी सहयोगका लागि आवश्यकता अनुसार नेपालभर नै सहयोग गरिरहेको छ ।