२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सचिन परियारको निधन

Nada
२०८१ पुष १८ गते १२:४२
Shares
सचिन परियारको निधन

काठमाडौं : बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

निमोनिया भएपछि करिब एक हप्ताबाट अस्पताल भर्ना भएका उनको निमोनिया बिग्रिएर निधन भएको बताइएको छ । विगत लामो समयदेखि उनको स्वास्थ्यमा बेला बेला समस्या देखा पर्दै आएको थियो । यसअघि उनलाई नसासम्बन्धी समस्या पनि थियो ।

अनौठो हाउभाउ र मीठो बोलीका कारण भाइरल बनेका उनी बुबा तेजेन्द्र परियारका कारण पनि पछिल्लो समय चर्चामा आइरहेका थिए ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर