काठमाडौं : सरकारले आधा सिलिण्डर ग्यासमात्र बिक्री गर्न निर्देशन दिएसँगै उपभोक्ताहरुले ग्यास लैजान धेरै कम भएको छ । ग्यास विक्रेता महासंघका अनुसार उपभोक्ताले नोक्सानी बढी हुने र झन्झटिलो भएको भन्दै आधा सिलिण्डर ग्यास लैजान नमानेका हुन् ।
उपत्यकामा मात्रै ३० प्रतिशतभन्दा धेरै उपभोक्ताले भरि सिलिण्डर नभई नलैजाने बताउने गरेको बिक्रेताले बताएका छन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पर्याप्त मात्रामा उपभोक्ताले मौज्दात राख्न थालेपछि माग घट्न थालेको हो । विभिन्न नाका हुँदै दैनिक रुपमा विभिन्न उद्योगका ग्यास भित्रिन थालेपछि धेरै उद्योगको स्टक समेत भरिएको छ ।
विगत केही दिनदेखि लाख सिलिण्डरको दरले ग्यास बिक्री हुँदै आएको छ । आइतबार पनि ९० हजार ७ सय १ वटा ग्यास सिलिण्डर मात्र बिक्री भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies