-शमशाद आदिल
विश्वभर कोरोना भाइरसको संक्रमण बढ़ि रहेको छ । नेपालमा पनि करीब डेढ दर्जनको हाराहारीमा संक्रमित भेटिएका छन। एक महीनादेखि संसारका कैयौं देशसरह पूरै नेपाल लकडावनको अवस्थामा छ । सीमानाकाहरू पनि बन्द छन । बजारमापनि खाद्यान्न बस्तुहरूको पहुँच कम भई रहेको छ । अत्यावश्यक समानहरूको विक्री वितरण सहज भए पनि विक्रेताहरू पनि त्रसित छन। आयातको चपेटामा परेका छन। बैंकहरू बन्द प्राय: छन् । शहरमा केहि पसलहरु खुलेपनि गाऊँघरका मान्छेहरू शहर सम्म पुग्न सकिरहेको अवस्था छैन।महंगीपनि चरम स्तरमा पुग्दैछ । उपत्यकालगायत ठूलठूला शहरहरूबाट गाउँतिर झर्ने क्रम जारी छ । यी यात्रीहरुलाई बाटोमा खानाको व्यवस्था गर्न असम्भव हुँदैछ।
विदेशमा कार्यरत रहेका युवाहरुले खलखल्ती बगाएको पसीनाले अधिकांश नेपालीको चुलोमा खाना पाक्ने गर्दछ । विदेशमासमेत नेपाली युवाहरु कार्यरत रहेका कम्पनीहरू बन्द छन। त्यसले झन कतिपयको मनमा भय सृजना गरिरहेको छ । साऊदी, कतार , युएई, कुवैत, मलेशिया, बहराइनलगायत नेपाली कामदारको जनघनत्व बढ़ी रहेको मुलुकमा कोरोना संक्रमण बढ्दै गएको कारणलेपनि घरपरिवारमा आफ्ना बालबच्चाप्रति अभिभावकहरू जीवन रक्षाको कामना गर्दै भावविह्वल हुदै गएका छन् ।
दैनिक ज्यालादारी गरि खानेहरुमा सबभन्दा बढ़ि अहिले भोकको कारणले अकालमा मृत्युको मुखमा पुगिन्छ की भन्ने त्रास छ । रोगको डरले छोएपनि प्रत्यक्षमा भोकको डरले बढ़ि चिन्तित छन । अस्तिसम्म ग्राहकको बाटो हेर्नेहरू अहिले राहत वितरकको बाटो चाहार्दै छन । महामारीले मजदूरहरूमा परनिर्भरता ल्याई रहेको छ । नेपालभरीमा दैनिक ज्यालादारी गरि खानेहरुको श्रमिक संख्या झण्डै १६ लाख रहेको बताइने गरिएको छ । यो सानो संख्या होइन । यसको व्यवस्थापन गर्न अत्यन्त जरूरी छ । यो संख्याको मानसिक र शारीरिक अवस्था कमजोर हुदै जान्छ । यो समूह भोकमरीको चपेटामा स्वतः आउने सम्भावना प्रबल छ ।
सरकारले तत्काल शुरू गरेको राहत वितरणको कार्यले थोरै भएपनि जनताहरुको भोकको समस्या कम गरेको छ । केहि स्थानीय निकायले भोकमरीको संकट न आवोस भनि चनाखो छन यद्यपि कतिपय स्थानीय निकायले यसतर्फ तीव्र गतिमा काम गर्न सकेका छैनन। राहत सामग्रीहरूको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेकोछ । राहत बितरणका नाममा राजनैतिक संकीर्णतापनि हेर्न पाइएको छ ।यस्तो बेलामा सॉच्चै भन्ने हो भने यसले पनि अप्रत्यक्षरुपमा जनताहरुमा निराशा छाएको छ । रोगबाट बच्न अपनाइने साधारण सामग्रीहरू घर घर पुग्न नसकेको समाजमा सरकारको राहत घर- घर पुग्ने छ र भोकै मर्नु पर्दैन भन्ने कुरामा जनता अहिलेपनि विश्वस्त भै नसकेको अवस्था छ ।
सारांसमा, आ-आफ्नो छर छिमेकमा रहेका गरीब मजदूर अथवा जोकोही भएपनि भोक नामक रोगले ग्रसित हुन नपरोस भन्ने सतर्कता अपनाई उच्च मनोबलकासाथ सहयोग गर्न सक्नु आवश्यक छ । यो नै अहिल्को मानवीय धर्म पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies