२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भान्जाको घरबाट मामाले लुटे २ करोड, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ADV
भावना पाठक
२०८१ असार ११ गते १४:४८
भान्जाको घरबाट मामाले लुटे २ करोड, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ  : २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहित  ४ जनालालाई पक्राउ गरिएको छ । भक्तपुर दधिकोटका डिल्लीराज राउतको घरबाट २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय सुजन रसाइली,सिन्धुपाल्चोक भोटेकोशीका ३१ वर्षीय भीम तामाङ, ओखलढुंगा मानेभन्ज्याङका ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोक भोटेकोशीका ३८ वर्षीय कृष्णबहादुर बोहरा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूलाई आजै पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिएको छ ।

असार ४ गते रकम लुटपाट गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री भने अहिले फरार छन् । उनी साइनोले डिल्ली राउतका मामासमेत पर्छन् ।

डिल्ली युरोपेली मुलुकमा नेपाली कामदार पठाउने एजेन्टको काम गर्छन् । उनले विदेश जानेहरूसंग मोटो रकम असुल्ने गरेका थिए । यो कुरा उनको मामालाई थाहा थियो । विदेश बिशेषगरि क्रोएसिया जान चाहने मान्छेहरूलाई उनले भान्जासंग सम्पर्क गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

भान्जाको घरमा पैसा छ,कहाँ छ भन्ने राम्रो जानकारी पाएका मामा कुलबहादुर खत्रीले लुटपाटको सम्पूर्ण योजना बनाएको प्रहरीले बताएको छ ।

भान्जा डिल्ली रावतको घरमा पैसा छ भन्ने जानकारी पाएका मामा कुलबहादुर खत्रीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा समेतलाई योजनामा सामेल गराई लुटपाट गरेका थिए । 

सीआइबी प्रहरी हुँ भन्दै रावतको घरभित्र पसेका उनीहरूले डर त्रास देखाई दराजमा राखेको पैसा र खुकुरी समेत लुटेका थिए । उनीहरूले  लुटेको रकम ५ जनालाई भाग लगाएका थिए । 

आरोपी सुजन रसाइली यसअघि पनि ठगी,कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा कारवाहीमा परेका थिए । 

पक्राउ परेका प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेका छन् । 

पक्राउ परेका उनीहरूको साथबाट नगद ३६ लाख ३६ हजार रुपैया,घटनामा प्रयोग भएका २ वटा पल्सर मोटरसाइकल,मोबाइल १० थान,लुटिएको रकम बोक्ने झोला २ थान,लुटपाट गर्दा लगाएको कपडा,जुत्ता र खुकुरीसमेत बरामद गरिएको थियो । 

पक्राउ परेका ४ जनालाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise